विधार्थीको सहयोगार्थ ‘द होप’ नामक चित्रकला प्रदर्शनी सुरु भएको छ। श्री सरस्वती निकेतन स्कुलको सहयोगका लागि आर्ट काउन्सिलमा शुक्रबारबाट प्रदर्शनी सुरु भएको हो।
काठमाडौंको टेकुमा अवस्थित स्कुल २००४ सालमा स्थापना भएको हो। करिब सात दसक पुरानो स्कुललका विधार्थीलाई नि:शुल्क खाजा उपलब्ध गराउनका लागि प्रदर्शनीको आयोजना गरिएको हो।
मेयर विधासुन्दर शाक्यले विधार्थीको सहयोगार्थ चित्रकला जस्तो रचनात्मक कार्यक्रम गरेकोमा खुसी व्यक्त गरे। ‘राणाकालिन समयको अन्तयतिर खुलेको स्कुलले त्यो समयमा शिक्षाको ज्ञ्योति फैलाएको थियो। अहिले नि–शुल्क खाजा वितरण दिँदै विधार्थीकाे स्वस्थमा ध्यान पुर्याउने सर्हानिय काम गरेकाे छ,’ उनले भने।
विधार्थीहरुले खाजामा अस्वस्थकर र अपर्याप्त खाजा ल्याउने हुँदा यो कदम चालेको स्कुलकी प्रधानाध्यापक रबिना मर्हजनले बताइन्।
'याेभन्दा अघि फुड फेस्टिभलबाट पनि केही सहयाेग उठाएका थियाै। याे प्रदर्शनी हाम्राे दाेस्राे प्रयास हाे,' उनले भनिन्।
चैत २८ सम्म चल्ने प्रदर्शनीमा नाम चलेका कलाकारहरु प्रेममान चित्रकार, शशी शाह, समुन्दमान श्रेष्ठदेखि सम्भावना बोकेका नयाँ कलाकार एवं विधार्थीहरुको चित्र राखिएको छ।
प्रदर्शनीमा ९२ चित्रकारका चित्रहरु समावेश गरिएको छ।