फिल्म ‘इभन होयन आइ फल’ मा बेचविखनमा परेका महिला र ‘सर्कस काठमाडौं’को कथा समेटिएको छ। फिल्मलाई स्काई नेयल र केट मेक्लारनाेनले निर्देशन गरेका हुन्। यही फिल्मसँगै मानवअधिकार अन्तराष्ट्रिय चलचित्र महोत्सव २०१८ सुरु भएको छ। महोत्सवको छैठौं संस्करण काठमाडौंको नेपाल पर्यटन बोर्डमा बुधवारबाट सुरु भएको हो।
‘महिला सशक्तिकरण’को नारा रहेको महोत्सवमा ७० भन्दा बढि फिल्महरु प्रदर्शन गरिने छन्। ७० मध्य ३० भन्दा बढि महिला निर्देशकले नै बनाएका फिल्महरु छन्। विश्वभरिबाट खुला आवेदनबाट संकलन गरिएका वृत्तचित्र, छोटा फिल्म, एनिमेटेड फिल्म मध्य नेपालबाट मात्रै २० फिल्म महोत्सवमा देखाइने आयोजकले जनाएको छ।
‘महिला आफैँ नै महिला सशक्तिकरणका निम्ति अग्रसर हुन जरुरी छ। त्यसमा पनि फिल्मको विशेष भुमिका हुन्छ,’, महोत्सवमा बोल्दै आयोगका अध्यक्ष अनुप राज शर्माले भने, ‘६५ वर्ष अघि हेरेको फिल्म अझैं पनि मेरो सम्झना छ। दृश्यले जति प्रभाव अन्य कुराले गर्दैन्।’
यस्तै, राष्ट्रिय मानव अधिकार आयोगका चिरञ्जीवि कर्णविहारीले मानवअधिकारको संरक्षण र प्रर्वदनमा चलचित्रको विषेश भुमिका रहने उल्लेख गरे।
मार्च १० सम्म चल्ने महोत्सव राष्ट्रिय मानव अधिकार आयोग, चलचित्र बिकास बोर्ड, नेपाल पर्यटन बोर्ड तथा संयुक्त राष्ट्र संघ, युएन गर्भनेन्स फ्यासिलिटी, जर्मनी दुतावाससँगको सहकार्यमा सुरु भएको हो। महोत्सवमा फिल्म प्रदर्शनसँगै विविध विषयमाथि अन्तक्रिया समेत हुने आयोजक जनाएको छ।
बुधबार ‘इभन होयन आइ फल’ सँगै दिपक ताेलागेंकाे ‘चाराे डस्ट’ र मेहेरा अाेर्नरकाे ‘पेर्विइन रेहेमान: द रिवेल अप्टिमिस्ट’ पनि प्रदर्शन गरिएकाे थियाे।