नाटककार एंतोन चेखबको नाटक ‘म्यारिज प्रपोजल’ मण्डला नाटकघरमा शुक्रबारबाट प्रदर्शन हुँदैछ।
धादिङस्थित श्री चेपाङ निम्न माध्यमिक विद्यालयको सहयोगार्थ नाटक प्रदर्शन गर्न लागिएको हो।
‘युथ फर डिजिटल इनक्लुजन’ संस्थाद्वारा विधालयमा कम्प्युटर ल्याब निर्माण अभियानका लागि च्यारिटि शो गर्न लागेको जनाएकाे छ।
सन् १८९० मा रुसी लेखक एंतोन चेखबले नाटकलाई लेखेका हुन्। नाटकलाई चे शंकरको भावानुवादमा प्रर्दशन गर्न लागिएको हो। नेपालीमा अनुवाद गर्दा भने यसका कथा र पात्रलाई काल्पनिक बनाइएकाे छ।
कलाशी प्रोडक्सनको प्रस्तुति रहेको नाटकमा आशिष घिमिरे र संगीत सापकोटाले निर्देशन गरेका छन्। नाटकमा विजया कार्की, श्रवण सिंह राणा र सुजन ओलीको भूमिका रहेको छ।
नाटक फागुन २८ गतेसम्म चल्नेछ। दिउँसो १ बजे पनि नाटक प्रदर्शन हुने आयोजकले बताएको छ।