नारी र माछा।
यी दुईलाई चित्रकार मिथिला देवी यादवले एकअर्काको जीवनसँग तुलना गरेकी छन्।
‘नारी र माछा उस्तै हुन्। हाम्रो समुदायका प्राय महिलाहरु घुघुटमा बस्छन् र पिछडिएका पनि छन्,’ उनले सेतोपाटीसँग भनिन्, ‘कुनै दिन एउटा पुरुषसँग उनी विवाह गरेर जान्छिन्। माछालाई पनि मछुवा(माझीँ)ले जालमा पार्छ। यसैले, दुवैको जिन्दगीमा समान्ता छ भनेर देखाउन खोजेको छु।’
काठमाडौंको मिथिला आर्ट ग्यालरीमा बुधवारबाट मिथिला देवीको ‘कलर्स अफ मिथिला’ प्रदर्शनी सुरु भएकाे छ। पुर्व प्रधानमन्त्रि झलनाथ खनालको उपस्थितमा प्रदर्शनी सुरु भएको हो।
होलीको अवसर पारेर प्रदर्शनी सुरु गरिएको ग्यालरीका शुन्दर यादवले बताए। २०४५ सालदेखि सक्रिय रूपमा मिथिला कला बनाउदैँ आएकी मिथिलाको यो देस्रो एकल प्रर्दशनी हो। यस अघि शिल्पी थिएटरमा उनको एकल प्रदर्शनी भएको थियो। उनका अनुसार मिथिला जनजिवन र संस्कृति उनको कलामा प्रस्तुत गरिएको छ।
मिथिलाको ‘कलर्स अफ मिथिला’मा ‘नारी र माछा’ सहित १९ वटा चित्र प्रदर्शन गरिएको छ। प्रदर्शनी फागुन २३ सम्म हुनेछ।