‘नवौं राष्ट्रिय बाल नाटक महोत्सव’ मा बुधवार हेम्स स्कुलको नाटक ‘कसैको जीवन’ प्रदर्शन गरियाे। सडक बालबालिकाको कथा समेटिएको नाटकको मञ्चनसहित महोत्सव समापन गरिएको छ।
शैली नाटकघर र रुसि सांस्कृतिक केन्द्रले आयोजना गरेको महोत्सवमा विभिन्न ६ विधामा उत्कृष्ट हुने पुरस्कृत भए।
रामबाबु रेग्मी र पशुपति राई निर्णायक रहेको कार्यक्रममा स्व. हेम बोगटी उत्कृष्ट अभिनय पुरस्कार लोक आदर्श एकेडेमीकि सदिच्छा भट्टले पाइन्। यौन दुव्र्यवहार र त्यसले बालबालिकालाई पार्ने प्रभावबारे चित्रण गरेको नाटक ‘बनिता’बाट उनले पुरस्कार पाइन्।
स्व. रेस्मी प्रसाद सापकोटा अभिनय पुरस्कार महेन्द्र आदर्श स्कुलका मिलन बुढाथोकीले नाटक ‘अस्तित्व’का लागि पाए। यी दुवैले जनही ७,००० रुपैया पुरस्कार प्राप्त गरे।
जिवन बरालले कृयटिभ स्कुलको नाटक ‘झ्याउली’का लागि स्व.चित्र बहादुर उत्कृष्ट निर्देशक पुरस्कार पाए भने बाल कोसेली उत्कृष्ट नाटक लोक आदर्श स्कुलको ‘बनिता’.बन्न सफल भयो। दुवैले ५,००० रुपैंया पुरस्कार प्राप्त गरे।
स्व. रेश्मी प्रसाद प्रोत्साहन पुरस्कार नाटक ‘तुलसी’ बाट आकाश गगां स्कुलका प्रतीक त्रिपाठिले प्राप्त गरे। आन्तोन चेकभ पब्लिक च्वाइस पुरस्कार भने भक्तपुर निस्ट स्कुलका निर्भिक भट्टराईले नाटक ‘औला’का लागि जित्न सफल भए। दुवैले ३००० रुपैंया पुरस्कार जिते।
कार्यक्रममा शैली नाटकघरका संयोजक आर्यन न्यौपानेका भने, ‘यो वर्षको महोत्सवमा विधालय र सहयोगीको साथले बाल नाटक गर्न अझैं हौसला मिलेको छ।’
यस्तै, अध्यक्ष नवराज बुढाथोकीले आगामी बर्ष १० दिन महोत्सव मनाई शैलीले आफ्नो दशांै वार्षिक उत्सव मनाउने घोषण पनि गरे।
आइतबारदेखि सुरु भएको महोत्सवमा १४ नाटकबीच प्रतिस्पर्धा भएको हो।