अक्षयकुमार अभिनित फिल्म ‘प्याडम्यान’ पाकिस्तानमा प्रतिबन्ध गरिएको छ। महिनावारी सम्बन्धि याे फिल्मलाई पाकिस्तानको संघीय सेन्सर बोर्डले प्रतिबन्ध गरेको हाे।
बोर्डका सदस्य इशक अहमेदले भने, ‘हामी हाम्रो धर्म र संस्कृति विरुद्धको फिल्महरु बिक्रेतालाई आयात गर्न दिँदैनौ।’
पञ्जाव फिल्म सेन्सर बोर्डले पनि फिल्मलाई समाज र संस्कृति विपरित भएको भन्दै अस्विकार गरेको छ। फिल्मलाई बोर्डले कुनै पनि अनुमति दिएको छैन्।
पाकिस्तानका प्रसिद्ध फिल्म निर्माता सायद नुरले पनि स्थानिय फिल्म विक्रेता र प्रदर्शकलाई यो फिल्म प्रदर्शन नगराउँनका निम्ति आहवान गरेका छन्।
‘पयाडम्यान मात्र होइन। मलाई लाग्छ फिल्म पदमावतलाई पनि पाकिस्तानमा प्रदर्शनका निम्ति प्रतिवन्ध गरिनुपर्थ्याे,’ नुरले भने, ‘यी फिल्महरुले मुस्लिम प्रति नकारात्मक सन्देश प्रवाह गरेका छन्।’
फिल्म ‘प्याडम्यान’ अरुणाचलम मुरुगनान्थमको जिवनमा प्रेरित छ। उनले सेनेटरी प्याड बनाउने मेसिन निर्माण गरेका थिए। फिल्मले पहिलो दिनमा नै भारतीय १० करोडकाे व्यापार गरेको थियो।
आर. बाल्कि निर्देशित फिल्ममा अक्षयबाहेक सोनम कपुर र राधिका अप्टेको प्रमुख भुमिका छ।