ललितपुरको भैसेपाटी छम्पी एरियामा टेलिकमको चार चोरी गर्दा गर्दै २ जना समातिएका छन्।
विगत केही समयदेखि पोलहरुमा टाँगिएका नेपाल टेलिकमको टेलिफोनको तारहरु हराउने, चोरी हुने गरेको भन्ने गुनासो आउने आएपछि खटिएको प्रहरी टोलीले काभ्रे चौवास घर भइ बालाजु बस्ने रमेश खत्री र विष्णु घिमिरेलाई पक्राउ गरिएको डिएसपी इश्वर कार्कीले बताए।
टेलिफोनको तार पोलहरूवाट निकाली वोरामा राखी अयन्त्र उनीहरु लैजान लागेका थिए। उनीहरुको साथबाट १८ किलो टेलिकमको तार बरामद भएको छ। त्यस्तै ललितपुर प्रहरीले ललितपुर मंसागलवजार तर्फवाट ललितपुर ईमाडोल तर्फ जाँदै गरेको यात्रुवाहक बसमा रहेका यात्रुहरुको मोबाइल र पर्स चोर्ने एक जनालाइ पक्राउ गरेको छ।