अस्ट्रेलियालाई गावस्कर–बोर्डर ट्रफीमा २–१ ले पराजित गरेको भारतीय टेस्ट टोलीका प्रत्येक खेलाडीलाई जनही ८० लाख रुपैयाँ (५० लाख भारु) बाट सम्मानित गर्ने भएको छ।
भारतीय क्रिकेट बोर्ड(बिसिसिआई) ले यसको घोषणा गर्दै ४ टेस्टको शृंखला २–१ ले जित्ने आफ्नो खेलाडीलाई आर्थिक पुरस्कारबाट सम्मान गर्ने बताएको हो। भारतले यो शृंखलाको पहिलो टेस्टमा पराजय भोगे पनि उत्कृष्ट पुनरागमन गरेको थियो।
यस्तै टिम प्रशिक्षक अनिल कुम्बलेलाई भने ४० लाख रुपैयाँबाट सम्मान गर्ने बताइएको छ। टिमका अन्य सदस्यलाई भने २४ लाख रुपैयाँ दिने बताएको छ। अस्ट्रेलियालाई हराएको भारतले लगातार सात टेस्ट शृंखला जितेको हो।