बंगलादेशले दिएको २५८ रनको लक्ष्य पछ्याएको नेपालले आफ्नो नवौं विकेट गुमाएको छ। नेपालका भुवन कार्की ६ रनको व्यक्तिगत स्कोरमा आउट भए। कार्कीले १६ बल खेलेका थिए। यसअघि
बिस्फोटक ब्याटिङ गरेका बिनोद भण्डारी ३३ रनमा आउट भएका थिए।
यस्तै मेहबुब आलम १० रनको व्यक्तिगत स्कोरमा आउट भएका थिए।
दीपेन्द्र सिंह ऐरी ५६ रन बनाएर आउट भएका थिए। ८५ बल खेलेका ऐरीले ६चौका प्रहार गरेका थिए।
यसअघि अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका दिलीप नाथ ४१ रन बनाएर आउट भएका थिए भने। सरद भेसवाकर २ तथा कप्तान ज्ञानेन्द्र मल्ललाई शून्य रनमा आउट भएका थिए।
यस्तै सुनिल धमला १ रनको व्यक्तिगत स्कोरमा आउट भएका थिए।
बंगलादेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २५७ रन बनाएको थियो।