बंगलादेशमा जारी इमर्जिङ टिम्स एसिया कपको नेपालका दिलीप नाथले डेब्यु खेलमै उत्कृष्ट प्रदर्शनको आशा देखाएका छन्। आसिफ खेख आउट भएपछि नेपालको पारी सम्हाल्न आएका नाथले एघारौ ओभरमा छक्का र चौका हानेका हुन्।
पहिलो बलमा चौका प्रहार गरेका उनले दोस्रो र तेस्रो डट खेलेपनि चौथो बलमा छक्का हिर्काएका थिए, यस्तै उनले पाँचौ बलमा पनि वाउन्ड्री प्रहार गरेका थिए।
दीपेन्द्र सिंह ऐरीसँग मिलेर खेलिरहेका उनले अहिलेसम्म २२ बलमा १६ रन बनाइसकेका छन्।
पहिलो ५ ओभर भित्रै महत्वपूर्ण दुई विकेट गुमाएको नेपालले आसिफ सेखलाई पनि सस्तैमा गुमाएको छ।
राष्ट्रिय टोलीबाट डेब्यु गरेका सेखले १२ रन बनाएर आउट भए।
यसअघि टेस्ट राष्ट्र बंगलादेशले दिएको २५८ रनको लक्ष्य पछ्याएको नेपालले दोस्रो ओभरको अन्तिम बलमा कप्तान ज्ञानेन्द्र मल्ललाई शून्य रनमा गुमायो। यस्तै पाँचौ ओभरको दोस्रो बलमा सुनिल धमला १ रनको व्यक्तिगत स्कोरमा आउट भए।
यसअघि बंगलादेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २५८ रन बनाएको थियो।