नेकपा एमाले अध्यक्ष केपी ओलीले मुलुकमा निष्ठाको राजनीति गर्ने राजनीतिक दलहरुको कमी हुदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्। अध्यक्ष ओलीले राजनीतिक दलहरु निष्ठावान, नैतिकवान, कर्तव्यनिष्ट र मुलुकको भलोका लागि दत्त चित्त हुनुपर्नेमा छोटो समयमै शक्ति आर्जन गर्ने मनसायले उद्धत हुदै गएको बताए।
प्राध्यापक डाक्टर भिष्मराज प्रसाईको जीवनी सार्वजनिक समारोहलाई राजधानीमा सनिबार सम्बोधन गर्दे अध्यक्ष ओलीले राजनीतिक दलहरु असंबैधानिक र गैह्कानुनी बाटोमा हिडेको आरोप लगाएका हुन्। मधेसवादी दल तर्फ इंकित गर्दै अध्यक्ष ओलीले जाहेज कुरा गरौ न भन्दा नमान्ने, संबैधानिक र कानुनी बाटो भन्दा भिन्न अनसन र हड्ताल मार्फत शक्तिशाली बन्ने होडमा दलहरु हिडेको बताए।
प्राकृतिक स्रोत र साधनले सम्मन्न मुलुकको समुज्जल भविष्य आफुले देखेको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसका लागि दीर्घकालिन लक्ष्य सहितको सकारात्मक सोच आवश्यक रहेको बताए। आफुलाई प्रधानमन्त्री बन्ने रहर नरहेको भन्दै ठट्यौली शैलीमा प्रस्तुत भएका ओलीले एमाले नेतृत्वको सरकारले मात्रै नेपालको सम्मुन्नत विकासको लागि योगदान पुर्याउने उल्लेख गरे।
अध्यक्ष ओलीले स्वास्थ्य, सुरक्षा लगायतका निकायमा राजनीतिक हस्तक्षप हुने गरेका समाचार आउने गरेको भन्दै सबै निकाय राजनीतिबाट मुक्त हुनुपर्नेमा जोड दिए।