शिवसताक्षी ११ बच्चावर झापाकी २४ वर्षीया एलिना भण्डारीले सोमबार राति एकै साथ तीन वटी छोरीको जन्म दिएकी छन्। नियमित स्वास्थ्य परीक्षणका लागि विराटनगरको नोवेल मेडिकल कलेजमा चैत ५ गते गएकी एलिनाले सामान्य अवस्थामै दुई दिन पछि ३ वटी छोरीको जन्म दिएको अस्पतालका सूचना अधिकृत नारायण दाहालले सेतोपाटीलाई बताए।
जन्मिएका तीनवटै शिशुको तौल क्रमशः ११, १२ र १३ सय किलोग्राम रहेको दाहालले जानकारी दिएका छन्। उनले भने, ‘आमाको स्वास्थ्य सामान्य भए पनि जन्मिएका शिशुको अवस्था भने असामान्य छ। नवजात शिशुको एनआईसियुमा उपचार भईरहेको अस्पतालले जनाएको छ।
सामान्यतया २ किलो ग्राम तौलमा जन्मिएका नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहने चिकित्सकले बताएका छन्। एलिनाका श्रीमान् सन्तोषका अनुसार यसअघि एलिनाले सामान्य अवस्थामै छोराको जन्म दिएकी थिईन्।