जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा कडा सुरक्षा घेराबीच मतपत्र छपाइ कार्य सुरु भएको छ।
आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र छपाइ कार्य आइतबार साँझबाट सुरु गरेको केन्द्रका प्रबन्ध सञ्चालक महेश तिमल्सिनाले जानकारी दिए।
आयोगले निर्वाचनका लागि सातवटा पद रहने गरी करिब एक करोड ६० लाख मतपत्र आगमी ३५ देखि ४० दिनभित्र छाप्ने जनाएको छ । मतपत्र छपाइका लागि केन्द्रले एक सय ४५ कर्मचारी खटाएको छ । मतपत्रका कारण पाठ्यपुस्तक छपाइमा कुनै असर नपर्ने तिमल्सिनाको भनाइ छ । रासस