नेकपा एमालेका सांसद भीम रावलले राष्ट्रिय अखण्डता, लोकतन्त्रका लागि एमालेले चलाएको अभियानलाई अराजक देख्छ भने यो राजनीतिक दलले लोकतन्त्रको दुहाइमा गोहीको आसु जस्तै मात्र हो भन्दै यसका लागि साच्चै गोहीको दारा लिएर आए हुने भनाइ राखेका छन्।
सोमबारको व्यवस्थापिका संसदमा बोल्दै रावलले संविधान कार्यन्वयन, दिगो शान्ति, राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्ताको नारा घन्काएर एमालेको अभियानमा साथ दिएकोमा धन्यवाद दिएका थिए। उनले सरकारलाई कुनै पनि बहानामा निर्वाचन नसार्न आग्रह गरे।
उनले यदि कोही कसैले लोकतन्त्र मान्छु र जनता मेरो पक्षमा छु भन्छ भने जनताबाट परीक्षण गरी आउन चुनौति दिए। अब ७४ माघ ७ पछि अहिलको संसद नरहने संविधानको व्यवस्थालाई ख्याल गरी संविधान कार्यन्वयनमा जान आग्रह गरे।
कन्चनपुरमा सीमा मिचिएको अवस्थामा पनि सरकार मुकदर्शक र लम्पसारवादी भएर बसेको आरोप लगाए। उनले दुई देशको सम्बन्धबारे प्रबुद्ध समूहको बैठक राख्न नसकेको पनि आरोप लगाए।
रामहरि खतिवडा
देश अहिले अप्ठ्यारो अवस्थामा छ। सत्तापक्षले प्रतिपक्षलाई विश्वासमा लिएर काम गर्न नसकेको हो कि जस्तो छ भने प्रतिपक्षदल अरुको अस्थित्व नै नस्विकार्दै देशमा अफवाह फैलाउदै हिडेको छ। मधेसी मोर्चा अर्को अडान लिएर बस्दा ७० वर्षदेखिको पहलमा बनेको संविधान कार्यान्वयन नहुने खतरा बढाएको छ।
अरुलाई होच्याउने र गाली गर्ने गतिविधिले निर्वाचनको वातावरण तयार गर्दैन। अरुलाई अराष्ट्रिय तत्व भनेर सहमतिको वातावरण बनाउँदैन। अर्कोतर्फ संसदको तलव भत्ता खाएर बहिष्कार र आन्दोलनको नाममा मुलुक अप्ठ्यारो पारेको छ।
निर्वाचन आयोगले सहमतिको वातावरण नभएसम्म निर्वाचन हुन सक्दैन भन्ने अभिव्यक्ति दिएको छ। सहमतिको वातावरण निर्माण गर्ने राजनीतिक दलको हो। अर्को तर्फ न्यायपालिकाले कार्यपालिको निर्णयमाथि धावा बोल्ने प्रयास गरिरहेको देखिदै छ। यसले राज्यको शक्ति सन्तुलनमा असर पर्न सक्छ र यसमा सबैले आफ्नो क्षेत्र ख्याल गर्न माग गर्छु।