निर्वाचन आयोग घेर्न गएका राप्रपाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। विधानबाट हिन्दू धर्म र राजसंस्था शब्द हटाएको विरोधमा राप्रपा का कार्यकर्ता निर्वाचन कार्यालय घेराउ गर्न गएका थिए। निषेधित क्षेत्र तोड्न लाग्दा प्रहरी र राप्रपाका कार्यकर्तावीच झडप भएको हो।
झडप रोक्न प्रहरीले चार राउण्ड अश्रुग्यास प्रहार गरेको छ। राप्रपाका केही कार्यकर्ताले प्रहरीमाथि ढुंगामुडा गरेपछि सामान्य झडप भएको काठमाडौं प्रहरी परिसरका डिएसपी सिद्धिविक्रम शाहले जानकारी दिए। अहिले राप्रपाका कार्यकर्ता निर्वाचन आयोगमा धर्ना दिइरहेका छन् । धर्नाको नेतृत्व पशुपति शम्शेर राणाले गरिरहेका छन्।
राणा झडपमा परि सामान्य घाइते भएका छन । उनको खुट्टामा चोट लागेको छ।