घरेलु कामदारका रूपमा काम गर्ने डोटी जेजोमाडौं–२ की १६ वर्षीया कल्पना शर्मा (नाम परिवर्तन) घरमालिकबाटै पटक–पटक बलात्कृत भएपछि न्यायका लागि प्रहरीको शरणमा पुगेकी छिन्। डडेल्धुरा स्थायी घर भएका लोकराज पाण्डेबाट उनी बलात्कृत भएकी हुन्। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।
बानेश्वरस्थित सामुदायिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत कल्पनाले पछिल्लोपटक २२ माघमा आफू पाण्डेबाट बलात्कृत भएको बताइन्। उनको उजुरीपछि महानगरीय प्रहरी वृत्त बानेश्वरले पाण्डेलाई पक्राउ गरेको छ।
‘म पटक–पटक घरमालिकबाट बलात्कृत भएँ। पीडा सहन नसकेर प्रहरीमा उजुरी गरेँ,’ बालअधिकारवादी संस्था सिविस नेपालको शरणमा बसिरहेकी कल्पनाले भनिन् ।
पक्राउ परेका पाण्डे श्रीमती, एक छोरा र आमासहित काठमाडौं कारेश्वरमा बस्छन्। पीडित कल्पनाले दुई वर्षदेखि उनको घरमा घरेलु कामदारका रूपमा काम गर्दै आएकी थिइन्, त्यहीँ बस्थिन्। कल्पनाका अनुसार लोकराजले पछिल्लोपटक २२ माघको साँझ कोठामा कोही नभएको मौका छोपी उनलाई बलात्कार गरेका थिए। ‘साँझ परेको थियो। घरमा कोही पनि थिएनन्। म भान्छामा काम गर्दै थिएँ। उहाँले मलाई तानेर कोठामा लग्नुभयो र जबर्जस्ती गर्नुभयो। म चिच्याएँ। तर, सहयोग गर्न कोही आएनन्’, घटनाबारे उनले नयाँ पत्रिकासँग भनिन्।
पढाएर विदेश पठाइदिने प्रलोभनमा लोकराजले उनलाई दुई वर्षअघि डोटीबाट ल्याएका थिए। काठमाडौंको सामुदायिक विद्यालयमा उनलाई भर्ना पनि गराए। बदलामा उनले कल्पनालाई पटक–पटक बलात्कार गरे। यसअघि पनि पटक–पटक बलात्कार भए पनि सहेरै बसेको उनले बताइन्। असह्य पीडा भएपछि उनले विद्यालयका साथीसँग पीडा पोखिन्। साथीमार्फत कुरा शिक्षकसम्म पुग्यो। शिक्षकको सहायताले उनी उजुरी दिन प्रहरी कार्यालय पुगिन्। उजुरी परेपछि प्रहरीले अभियुक्त पक्राउ ग¥यो। तर, बुबा नै अभियुक्तलाई बचाउन लागेपछि न्याय पाउने मै उनी शशंकित छिन्।
घटनाको अनुसन्धान गरिरहेका महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रमुख डिएसपी नारायणप्रसाद चिमोरिया भने घटनाबारे खुल्न चाहेनन्। संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘उजुरी परेलगत्तै अभियुक्तलाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ। यस सम्बन्धमा अहिले केही नबोलौ“।’
पीडितको बयान
म डोटी जेजोमाडौं–२ की हुँ। घरको सातवटी छोरीमध्ये म काइँली हुँ। घरको आर्थिक अवस्था निकै कमजोर छ। घरमा खान–लाउन पुग्दैन। पढाइदिने र विदेश पठाइदिने भनेपछि म दुई वर्षअघि लोकराज पाण्डेको आमासँग काठमाडौं आएँ। मैले घरमा खाना पकाउनेदेखि भाँडा माझ्ने सबै काम गर्नुपथ्र्यो। साउनीको आग्रहमा मलाई सरकारी विद्यालय भर्ना गरियो। साउनी त ठिकै थिइन्। तर, साउजी साह्रै खराब रहेछन्। उनले मलाई काठमाडौं आएको तीन महिनादेखि नै बलात्कार गर्न थाले। घरमा कोही नभएको मौकामा घर आएर बलात्कार गर्थे। मैले साउनीलाई घटनाबारे बताउन खोजेँ, तर, सकिनँ। पढाइ बिग्रने मलाई ठूलो डर थियो। त्यही भएर पनि मैले साउनीलाई केही भनिनँ। तर, ममाथि दुव्र्यवहार बढ्दै गयो। अति नै भएपछि घटनाबारे मैले स्कुलका साथीलाई भनेँ। साथीले शिक्षकलाई भनेछन्। शिक्षकले मलाई प्रहरी कार्यालयमा उजुरी गर्न प्रेरित गरे। मैले उजुरी गरेँ। प्रहरीले दोषीलाई पक्राउ गर्यो।
म अब असुरक्षित भएँ। घरमा बुबालाई भनेँ। बुबा तुरुन्तै आउनुभयो। सुरुमा त बुबा मेरै पक्षमा हुनुहुन्थ्यो। तर, पछि उहाँ कसरी बदलिनुभयो, थाहा भएन। अहिले त उजुरी फिर्ता गर्नुप¥यो भन्नुहुन्छ। म अहिले अरूकै शरणमा बसेकी छु। मलाई साह्रै पीडा छ। घरघरी त्यो घटना दिमागमा आउँछ। त्यसलाई जसरी पनि कारबाही हुनुपर्छ भन्ने मेरो माग छ। तर, सहयोग गर्ने बुबा नै मुद्दा फिर्ता लिनुपर्छ भन्नुहुन्छ। अब म गरौँ।