स्पेनिस क्लब सेल्टा भिगो १४ वर्षपछि युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। विहिबार राती रुसी क्लब क्रास्नोदारलाई उसैको घरेलु मैदानमा २–० ले पराजित गर्ने क्रममा सेल्टा सन् २००३ पछि क्वाटरफाइनल प्रवेश गरेको हो।
पहिलो लेगको खेलमा स्पेनिस क्लबलाई उसको घरेलु मैदानमा दुई साताअघि २–१ ले नतिजा सुम्पिसकेको अवस्थामा रुसी क्लबलाई खेलमा फर्किन प्रेरणादायी प्रदर्शन गर्नु पर्ने थियो। तर, ८६ मिनेटमा आफ्नो खेलाडी काबोरेलाई रातो कार्डका कारण गुमाएको घरेलु टोली दोस्रो हाफमा संघर्ष गरेको देखियो।
सेल्टाले दुवै गोल दोस्रो हाफमा गरेको थियो। कप्तान हुँगो मालोले ५२ र लागो आस्पासले ८० मिनेटमा गोल गर्दै भ्रमणकारी टोलीलाई उल्टै सफलता दिलाए। सेल्टाले समग्रमा ४–१ को नतिजा निकाल्यो र क्वाटरफाइनलको स्थान पक्का गर्यो।