सिरहाको मिर्चैया नगरपालिका–१० मा आज बिहान आगलागी हुँदा करिब डेढ लाख मूल्य बराबरको क्षति भएको छ भने एक बालक घाइते भएका छन्।
मिर्चैया नगरपालिका–१० निवासी भुटाई सदाको घरमा अचानक आगलागी हुँदा सदाको फुसले छाएको घर, घरभित्र रहेका सम्पूर्ण सरसामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
आगोले पोलेर सदाका ८ वर्षीय नाति निरजकुमार सदा घाइते भएको र उनको मिर्चैयास्थित मुकेश मेडिकेयर सेन्टरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । प्रहरी र स्थानीयवासीको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो । रासस