भूकम्पपछि काठमाडौंको बौद्धस्थित तारा गाउँ विकास समितिको जग्गा हडपेर बस्दै आएकाहरुलाई प्रहरीले हटाएको छ।
सो स्थानमा बनाइएका ३ सय टहराहरु आज भत्काइएको काठमाडौं प्रहरी परिसरका एसपी प्रद्युम्न कुमार कार्कीेले जानकारी दिए।
लामो समयदेखि उनीहरु बस्दै आएपछि बारम्बार हट्न आग्रह गरेपनि नमानेपछि टहरा भत्काइदिएको उनले बताए। जिल्ला सुरक्षा समितिको पत्र काठमाडौं प्रहरीमा आएपछि सो स्थान खालि गराइएको हो।