संयुक्त मधेसी मोर्चाले मंगलबारको संसद बैठक बहिष्कार गरेका छन्।
व्यबस्थापिका संसद्को अपरान्ह बसेको बैठकमा सद्भावना पार्टीका सहअध्यक्ष तथा सांसद लक्ष्मण लाल कर्णले संबिधान संसोधनमा सरकार उदासिन भएको र सप्तरीमा प्रहरीले नियतबस मधेशी नेता कार्यकर्तालाई गोलि हानी हत्या गरेको भन्दै न्यायिक छानविन हुनुपर्ने माग गरेका छन्
बैठक सुरु हुनासाथ बिरोधका लागि मधेश केन्द्रित दलका सांसदहरु आफ्नो स्थानमा उभिएका थिए । सांसद लक्ष्मण लाल कर्णले आफ्नो कुरा राखे संगै मधेश केन्द्रित दलका संसदहरुले सभामुख अगाडिको वेल घेराउ केहीबेर नाराबाजी गरेका थिए।
मधेश केन्द्रित दलका संसदहरुले बिरोध गर्दा गर्दै सभामुखले सुन्य समयमा सांसदहरुलाई बोल्न समय दिएकी थिइन्।