लामो समयदेखि राजधानीबासीले धुलो-धुँवाबाट ठूलो सास्ती बेहोरिरहेका थिए। मानव श्वासप्रश्वासका लागि आवश्यक न्यूनतम् अक्सिजनको अभाव झेल्नुपरिरहेको थियो। शनिबार यता एक्कासी प्रदुषण स्वात्तै घटेर काठमाडौंको वायुस्तर विश्व स्वास्थ्य संगठनकै मापदण्डअनुसार सुध्रन पुग्यो। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।
यसको कारण हो- नियमित वर्षा र दुई दिने नेपाल बन्द। त्यसअघि राजधानीबासीले पिएम२.५ स्तरको वायुप्रदुषण बेहोरिरहेका थिए।