आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसिपअन्तर्गत केन्याविरुद्धको दोस्रो खेलमा नेपालले ९ ओभरको समाप्तीसँगै ५० रन पुरा गरेको छ। पहिलो २ विकेट सस्तैमा गुमाए पनि नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीको ३६ रनको साझेदारीसँगै नेपालको ५० रन पुरा भएको हो।
मल्लले २८ बल खेल्दै ६ चौका सहित ३० रन र ऐरीले १४ बलमा ३ चौकासहित १४ रन बनाएका छन्।
यसअघि सागर पुन ५ र सुनिल धमला १ रनमा आउट भए।
केन्याले ५० रन पुरा गर्न १९.२ ओभर खर्चिएको थियो।