चाँगुनारायण नगरपालिका–१३ दुवाकोटस्थित हरि खड्काको घर अगाडिको सार्वजनिक इनारमा आज एक पुरुषको शव भेटिएको छ।
करिब ३० फिट गहिरो इनारमा स्थानीय ४६ वर्षीय राजेन्द्र खड्काको शव भेटिएको महानगरीय प्रहरी वृत्त ठिमीका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए। घटना आत्महत्या हो की, हत्या भन्नेबारेमा प्रहरीले अनुसन्धान सुरु गरेको र शव परीक्षणका लागि अस्पताल पठाइएको उनले जानकारी दिए। रासस