स्थानीय तह पुर्नसंरचान पछि पोखरा देशकै ठूलो सहर बनेको छ। पोखरा उपमहानगरपालिका, लेखनाथ नगरपालिका र केही गाविस समेटेर बनेको पोखरालेखनाथ महानगरपालिका देशकै ठूलो सहर बनेको हो।
क्षेत्रफलका आधारमा काठमाडौ, ललितपुर र भरतपुर महानगरपालिकालाई पछि पार्दै पोखरा ठूलो सहर बनेको हो। जनसंख्याका आधारमा भने काठमाडौं अगाडि छ। पोखरालेखनाथ महानगरपालिकाको क्षेत्रफल ४६४ दशमलव २४ वर्गकिमि छ भने भरतपुर महानगरपालिकाको ४३२ दशमलव ९५ वर्गकिमि रहेको छ। त्यसै गरी काठमाडौको ४९ दशमलव ४५ र ललितपुर महानगरपालिकाको ३६ दशमलव १२ वर्गकिमि रहेको छ।
जनसंख्यामा काठमाडौंको ९ लाख ७५ हजार ४ सय ५३, पोखराको ४ लाख १४ हजार १ सय ४१, ललितपुरको २ लाख ८४ हजार ९ सय २२ र भरतपुरको २ लाख ८० हजार ५ सय२ छ ।
महानगरको वडामा पनि पोखराको सबैभन्दा बढी ३३ वडा छन्। त्यसै गरी काठमाडौंको ३२, ललितपुर र भभरपुरमा २९/२९ वटा छन्। मन्त्रिपरिषदको फागुन २२ को निर्णय फागुन २७ मा राजपत्रमा प्रकाशित भएपछि स्थानीय तह ४ महानगरसहित ७ सय ४४ स्थानीय तहको कार्यान्यन भएको छ।
कास्कीमा १ महानगरपालिका र ४ वटा गाउँपालिका छन् । कास्कीमा पोखरा लेखनाथ महानगरपालिका, रूपा, मादी, माछापुच्छ्रे र अन्नपूर्ण गाउँपालिका बनेका छन्।
पोखरा लेखनाथ महानगरपालिकामा पोखरा उपमहानगर, लेखनाथ नगरपालिका, मौजा, चापाकोट, कास्कीकोट र पुरन्चौर गाविस, भदौरे तामागीका (३,९), माझठानाका (१,४–९), कालिकाका (१–५) नम्बर वडा समेटीएका छन्।