तपाईका लागि समयले अलिकति मागेको छ । सबै मानवसँग बराबर समय उपभोगमा छ कसैले समयको महत्व नजानेर सघन प्रयोग गर्दछन्, कसैले सरल । सघन प्रयोगमा हतार, त्रास, हडबढि आदि हुन्छ भने समयको सरल प्रयोगमा प्राकृतिकपना, शान्ति, आनन्द, प्रगति र कार्यको सुचारु सम्पादन हुन्छ । तपाई आफ्नो दैनिक दिनचर्या र आफ्नो शैलीमा कार्य गरिरहनु होस् तर अलिकति प्रगति दैनिक गर्नुहोस् ।
अलिकति हिजोको भन्दा राम्रो, अलिकति हिजोको भन्दा प्रगति, अलिकति कला, ँष्लष्कजष्लन र अलिकति महत्व थप्नुहोस् । तपाईको स्तर तपाईको क्षेत्रअनुसारको प्रगति गर्नुहोस् । नयाँँ पुरानो दुवै काममा क्षमताअनुसार अलिकति प्रगति र प्रयास जारी राख्नुहोस् ।
जब तपाईले दैनिक अलिकति प्रगति गर्नुहुन्छ त्यो मानौ ३६५ दिनमा अलिकति पनि ठूलो परिणाम नै भइसक्छ । हरेक प्राकृतिक प्रगति र सृष्टि समयसँगको निरन्तर अलिअलि प्रगतिको परिणाम हो । एउटा बच्चा अलिअलि गरेर गर्भमा विकास हुन्छ, सुन्दर र पूर्ण भई जन्म लिन्छ । प्रगति र राम्रो गर्न हतार नगर जब अलिकति नराम्रोलाई वास्ता गरिन्न, त्यो अलिकतिमा पुनः क्रमशः अलिकति नराम्रो थपिन्छ समय चक्रले थपिदै गएको नराम्रोको परिणामले तपाई र तपाईको कर्म नराम्रो भइसकेको हुनेछ । नराम्रो र अव्यवस्थामा अलिकति भनेर लापरवाही नगर्नुहोस् । कमजोरीमा क्षमा दिनुहोस्, त्यो क्षमा नै प्रशिक्षण होस् । नकारात्मकतामा कहिले क्षमा नदिनुहोस्।
प्रगति र राम्रो हुनैपर्दछ जब आपैmमा हेलचेक्राई हुन्छ क्रमशः अन्य व्यक्तिहरू पनि असफल बन्दै जान्छन् । जीवनलाई सन्तुलन गर, हरेक दिन प्रगति गर, हरेक दिनको सानो प्रगतिको मूल्यांकन गर र अर्को दिनको योजना बनाउ । जीवनलाई कलात्मक र संयमित बनाउनु होस् । तपाईले गर्नैपर्ने जरुरी हरेक कार्यलाई समय दिनुहोस् र सम्मान दिनुहोस् । कार्य गर्न वाध्य हुने तर सम्मान र श्रद्धा नगर्नाले तपाईको प्रगति रोकिन सक्छ । समाजमा त्यो सफल छ जसले कर्मलाई सम्मान र हरेक दिन केही प्रगति गरिरह्यो । मानव जीवनमा नगरी नहुने तीन पक्ष छन् ।
(क)ज्ञान पक्षः ज्ञानको गुण जस्तै शान्ति, आनन्द, हर्ष, खुशी, प्रेम ज्ञानको प्रयोग पक्ष चेतना, विचार, तर्कहरू मानवले ज्ञानको गुण पक्षको हर समय प्रयोग गरोस् । मानवले ज्ञानको प्रयोग पक्षलाई हरेक दिन केही नयाँ प्रसंग थपोस्, नयाँँ चिन्तन, नयाँँ अभ्यास, नयाँँ प्रयोग गरोस् जसले ज्ञानको गुण पक्षलाई सवल र फलदायी बनाउनेछ । मनको खुराक ज्ञान पक्ष हो अर्को शब्दमा यसलाई मन पक्ष भनी वर्णन गर्न पनि सकिन्छ ।
(ख)शरीर पक्षः शरीरको खुराक अन्नपानी, हावा आदि हो । मानवले शरीर पक्षको पुष्टपोषण र सञ्चालनका लागि सही, ठिक ढंगले अन्न पक्षको ग्रहण गरोस् । व्यायाम, परिश्रम, शरीर ठिक राख्ने चुस्त पार्ने हरेक विद्यामा समय देओस् । यसले खरावी पक्षलाई ठिक गर्नेछ जुन नगरी नहुने पक्ष हो ।
(ग)व्यवहार पक्ष वा संसार पक्षः हरेक मानवको अनगिन्ती आवश्यकता हुन्छन् । युवा वर्गले बालबच्चा, बुढाबुढी, घर व्यवहार, समाज, चाडपर्व, शिक्षा, स्वास्थ्य हरेक पक्षलाई समय अनुकुल ठिक ढंगबाट सम्वोधन गर्नुपर्दछ । यी हरेक सम्वोधनका लागि श्रोत चाहिन्छ । श्रोतको उपलव्धिका लागि धन चाहिन्छ । धनका लागि कर्म र परिश्रम चाहिन्छ । परिश्रममा नयाँँपना, थोरै समयमा धेरै काम, समयबाट गुणात्मक श्रोत प्राप्ति आदि को उपाय खोजौं । व्यवहार पक्षलाई व्यवस्थित गर्न नसके अन्य पक्ष आपैm बिग्रिएर जान्छ। मानव आ–आफ्नो कर्म गरुन्, कर्म खोजुन्, कर्म विना नबसुन् । जो कर्म विना बस्दछ उसको साधन श्रोत खर्च मात्र भई रहन्छ र थोरै समयमा सकिनेछ तसर्थ व्यवहार चलोस् र मिलोस् भन्ने उद्देश्यले मिहीनेत गर ।
यी तीन पक्षमा मन पक्ष, शरीर पक्ष र व्यवहार पक्षको त्रिकोणात्मक प्रयोगको हर समय, प्रयोगलाई प्रेम गर । सबै प्रयोगमा कर्ता परमात्मा आफू साधन भएको विचार गर । जब यी त्रिकोणात्मक सम्बन्ध सुचारु गरी तिमी मूलको खोजी गर्दछौ त्यसपछि सहज रुपमा त्यो मूल परमात्मा प्राप्त गर्न सकिन्छ । पीडा र अव्यवस्थाहरूले दिमाग सघन बन्दछ । जब दिमाग सघन हुन्छ समय बाक्लो हुन्छ त्यसपछि प्राप्ति र प्रगति रोकिन्छ ।
मन, शरीर र व्यवहारलाई ठिक पार्दै उलेख्य प्रगतिका लागि दैनिक ज्ञान, गुणको विकास गर, खोजी कायम राख । जीवनलाई कलात्मक बनाउ, हरेक आवश्यकतालाई समय देउ, हरेकभित्र उसैको बास छ । तिमी दुःखी भए उहाँ दुःखी हुनुहुन्छ, खुशी भए उहाँ खुशी हुनुहुन्छ। तिमी आफूलाई खुशी राख्नु परमात्मालाई खुशी राख्नु हो । तिमी ज्ञानी, कर्मयोगी, खुशी, कल्याणमय भयौं भने तिम्रो माता–पिता त्यसै खुशी हुनुहुनेछ त्यस्तै परमात्मा पनि ।