उत्तरप्रदेशमा अखिलेश यादवको समाजवादी पार्टीसँग गठवन्धन गर्दा पनि नराम्ररी पराजय भोगिरहेको कंग्रेसका निम्ति पञ्जाब भने ‘चाँदीको घेरा’ साबित हुन पुगेको छ। पञ्जाब विधानसभा निर्वाचनको अहिलेसम्मको मतपरिणाममा कंग्रेसले स्विप गरेको छ।
इन्डियन एक्सप्रेसका अनुसार पञ्जाबको १ सय १७ सिटमध्ये कंग्रेस २० सिटमा विजयी भएको छ भने ५८ सिटमा अगाडि छ। यहाँ बहुमत ल्याउन ५९ सिट जित्नुपर्छ।
पञ्जाब निर्वाचनमा सबैलाई छक्क पारेको आम आदमी पार्टीको नतिजाले हो। निर्वाचनपूर्वका सर्वेक्षणहरूले यहाँ कंग्रेस र आम आदमी पार्टीबीच तीव्र प्रतिस्पर्धा हुने देखाएको थियो। अकाली दल र भाजापको गणवन्धन नराम्ररी पराजित हुने आँकलन थियो। तर, अहिलेसम्मको नतिजा हेर्दा आम आदमी पार्टीले सोचेजस्तो परिणाम ल्याउन नसक्ने अवस्था देखिएको छ।
पञ्जाबमा पहिलोपटक चुनावी प्रतिस्पर्धामा ओर्लिएको आम आदमी पार्टीले अहिलेसम्म ८ सिट जितेको छ भने १२ सिटमा अगाडि छ। जबकि, अकाली दल १३ सिटमा अगाडि र भाजपा ३ सिटमा अगाडि छ। यहाँ अकाली दलले १ सिट जितिसकेको छ।