टस हारेर नेपालले पहिले ब्याटिङ गर्ने भएको छ। ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपाली टोली मैदानमा उत्रिने छ।
मल्लको केन्याविरूद्ध यो दोस्रो कप्तानी हो। २०१२ मा भएको आइसिसि विश्व क्रिकेट लिग डिभिजन ४ को वार्मअप खेलमा उनले कप्तानीको भूमिका निभाएका थिए।
त्यतिबेला उनको कप्तानीमा नेपालले न्यूजिल्याण्डको क्राइसचर्चमा पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा २६५ रन बनाएको थियो। यो केन्याविरूद्ध नेपालले बनाएको सबैभन्दा ठूलो रन हो। त्यो खेल नेपालले १ विकेटले गुमाएको थियो।
सुनिल धमलाको डेब्यू लिस्ट एबाट सुनिल धमलाले आज डेब्यू गर्दैछन्। कीर्तिपुरमा भइरहेको खेलमा उनले ओपनिङमा कप्तान ज्ञानेन्द्र मल्ललाई साथ दिँदै छन्।