भारतको पञ्जाबमा अर्को सरकार कसले बनाउला? कुन पार्टी वा गठवन्धनले बहुमत ल्याला? यहाँ कुनै एक दल वा गठवन्धनको बहुमत सम्भव छ कि छैन?
यी सबै प्रश्नको उत्तर जान्न हेरौं पञ्जाब विधानसभाको मतपरिणामको ताजा स्थितिः
टाइम्स अफ इन्डियाका अनुसार पञ्जाब विधानसभा निर्वाचनमा अहिलेसम्मको मतगणनाअनुसार कंग्रेसले ७१ सिटमा अग्रता लिइरहेको छ। आप पार्टीले २१ स्थानमा अग्रता लिएको छ भने शिरोमणि अकाली दल (एसएडी) र भाजपा गठवन्धन २२ स्थानमा अगाडि छ।
यहाँ पूर्व क्रिकेटर तथा हाल टेलिभिजन कार्यक्रम प्रस्तोता नवजीत सिंह सिद्धुले अमृतसर पूर्वको सिटबाट अग्रता लिएका छन्। उनी कंग्रेसका उम्मेदवार हुन्।