नेपालकै महत्वपूर्ण मानिएको अन्नपूर्ण पदमार्ग यतिखेर पूरै सेताम्मे भएको छ।
गत मङ्गलबारदेखि हिउँ पर्न सुरु भए पनि मनाङको एक दुई स्थानमा हल्का देखिएको थियो। तर बिहीबारको हल्का वर्षासँगै भएको हिमपातले आज मनाङ जिल्ला पूरै प्रभावित भएको छ।
हिमपातका कारण यस क्षेत्रमा सवारी साधन चलेका छैनन् भने मानिस घरभित्रै बस्न बाध्य भएका छन्। यसरी निरन्तर रुपले हिमपात हुँदा आन्तरिक तथा बाह्य पर्यटकसमेत अलपत्र परेका छन्। रासस