जिल्ला वर्डफ्लु नियन्त्रण प्राविधिक समिति कास्कीले पोखरा उपहानगरपालिका– १ देखि १८ वडामा लगाइएको पक्षी तथा पक्षीजन्य पदार्थ ओसारपसारको प्रतिबन्धलाई आजदेखि फुकुवा गरेको छ।
गत फागुन १४ गते खाल्टे मसिनाकी मीना परियारले पालेका हाँस र माटेमसिनाका दीपेन्द्र केसीले पालेको कुखुरामा वर्डफ्लुको जीवाणु देखिएपछि नगरका अन्य क्षेत्रमा रोग नफैलियोस् भनी प्रतिबन्ध लगाइएको थियो।
नगरका अन्य क्षेत्रका पक्षीको प्रयोगशालामा परीक्षण गर्दा वर्डफ्लुको सङ्क्रमण नदेखिएकाले आजदेखि पक्षी तथा पक्षीजन्य पदार्थ ओसारपसारमा फुकुवा गरिएको जिल्ला पशु सेवा कार्यालयका पशु चिकित्सक एवम् सूचना अधिकारी डा ठगेन्द्रप्रसाद अर्यालले जानकारी दिए।
उनका अनुसार वर्डफ्लु देखिएको क्षेत्रको चार किल्ला क्षेत्रमा भने ४२ दिनसम्म ओसारपसारमा रोक लगाइएको छ । रासस