केन्द्रीय लागु औषध नियन्त्रण ब्युरोले संचालन गरेको स्युडो अप्रेसनमा सरकारी वकिलले मुख्य आरोपीलाई उम्काएको आंशका गरिएको छ। मन्त्रिपरिषद बैठकले काठमाडौं जिल्ला सरकारी वलिक कार्यालयका तत्कालिन सहन्यायाधिवक्ता डाक्टर टेकबहादुर घिमिरेलाई निलम्बन गरेपछि ठूलै रकमको चलखेल भएको आशंका गरिएको छ।
घिमिरेसँगै धादिङका जिल्ला न्यायाधिवक्ता दयाशंकर अधिकारी पनि निलम्बनमा परेका छन्। महान्यायाधिवक्ताको कार्यालयले अप्रेसन स्युडोमा सरकारी वकिलको मिलेमतो रहेको भन्दै सहन्यायाधिवक्ता बन्द्री गौतमको अध्यक्षतामा छानबिन समिति गठन गरेको थियो।
तस्करीमा सम्लग्न मुख्य आरोपीविरुद्ध प्रहरीले मुद्दा दायर गर्न सरकारी वलिकमा पठाएपनि कर्मचारीद्धय खडानन्द शर्मा र संजयकुमार गुप्ताविरुद्ध मात्र मुद्धा दायर गरेको थियो।
मुख्य आरोपी पूर्वसभासद मधुसदुन अग्रवाल, संजय अग्रवाल, अमित अग्रवाललाई सरकारी वकिलको कार्यालयले उम्काएको थियो।
त्यस्तै लागू औषध ब्युरोले ब्यापारी पवन सांघाइको आयौ ल्यावको गोदाममा छापा मारेर झण्डै ४ सय लागूऔषध बरामद गरेपछि सांघाइ फरार छन्। यस मुद्दामा पनि साघांइलाई उम्काउनेविरुद्ध महान्याधिवक्ता कार्यालयले छानबिन गरिरहेको छ।