दुई दिनदेखि प्रदर्शन गरिरहेका मधेसी मोर्चाका कार्यकर्ताले बुधबार राजविराजमा रहेको प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको घरमा तोडफोड गरेका छन्। एक हुल मोर्चाका कार्यकर्ताले राजविराज–९ मा रहेको यादवको घरमा तोडफोड गरेको खबर आएको सप्तरीका निमित्त प्रमुख जिल्ला अधिकारी प्रेमकुमार उपाध्यायले जानकारी दिए। ‘प्रहरी र सशस्त्र प्रहरी अहिले घटना भएको ठाउँतिर गएको छ’, उपाध्यायले भने, ‘ आन्दोलनकारीले जिल्ला निर्वाचन कार्यालयको बोर्ड पनि जलाइदिएका छन्।’
मोर्चाका कार्यकर्ताले राजविराज लगायतका क्षेत्रमा टायर बालेर प्रदर्शन गरिरहेको उपाध्यायले बताए।
सोमबार एमालेको मेची महाकाली अभियान अन्र्तगत राजविराजमा भएको सभा विथोल्न खोज्दा भएको झडपमा प्रहरीको गोली लागी तीन जना प्रदर्शनकारीको मृत्यु भएपछि मोर्चाले सप्तरी लगायत मधेसका जिल्लामा प्रदर्शन गरिरहेको छ।