क्रियाशिल पत्रकार महिला डब्लु डब्लु जे रुपन्देहीले संघर्षशिल पत्रकार महिला सम्मान तथा नेपालल पत्रकार महासंघ रुपन्देहीको नवनिर्वाचित कार्यसमितीलाई सम्मान गरेको छ । डब्लु डब्लु जे रुपन्देहीद्धारा स्थापित संघर्षशिल पत्रकार महिला सम्मान २०७२ बाट पत्रकार ईन्दिरा अर्याललाई सम्मान गरेको हो ।
डब्लु डब्लु जेका अध्यक्ष भगवती पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व अर्थमन्त्री एवं एमाले उपमहासचिव विष्णु पौडेलले सम्मानपत्र तथा १० हजार पुरस्कार राशी सहितको उक्त सम्मान सोमबार प्रदान गरेका हुन् ।
२०५७ सालदेखि पत्रकारिता क्षेत्रमा सक्रिय पत्रकार अर्याल हाल रेडियो लुम्बिनीको स्टेशन म्यानेजर रही कार्य गर्दै आएकी छिन् । २०६९ सालमा रुपन्देहीमा गठन गरिएको डब्लु डब्लु जे ले यसअघि २०७१ सालमा कमला कुवंरलाई सम्मान गरिसकेको छ ।
सो अवसरमा बोल्दै पूर्व अर्थमन्त्री पौडेलले रुपन्देही जिल्ला पत्रकारिताको राजधानीको रुपमा विकसित हुंदै गएको बताए । पौडेलले पत्रकारितामा मोफसलको राजधानी भनिदै आएको रुपन्देहीबाट प्रकाशित र प्रशारित हुने समाचारले राष्ट्रिय राजनितिलाई समेत दिशानिर्देश गर्ने गर्ने बताए ।
नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य दधिराम न्यौपानेले राजनैतिक दलहरुलाई सहि दिशामा हिडाउने दायित्वलाई रुपन्देहीको मिडीयाले पुरा गरेको बताए । नेता न्यौपानेले अहिले सर्वत्र निर्वाचनको माहोल बढ्दै गएको उल्लेख गर्दै अब निर्वाचन हुन्छ की हुदैन भन्नुभन्दा निर्वाचन सम्पन्न गराउन सहयोग गर्नेतर्फ लाग्न सबैलाई आग्रह गरे ।