जोए रुट र क्रिस ओएक्सको शतकीय इनिङका कारण इङ्ल्यान्डले घरेलु वेष्ट इन्डिजविरूद्धको तीन एकदिवसीय शृंखलामा कब्जा जमाएको छ।
घरेलु स्पिनरद्धय एस्ले नर्स(३–३४) र देवेन्द्र बिसु(२–४३) ले इङ्लिस ब्याट्सम्यानलाई आफ्नो प्रभावमा राखेपछि इङ्ल्यान्डको इनिङ केही लडखडाएको थियो। तर, रुटले अविजित ९० तथा ओएक्सले अविजित ६८ रन बनाउने क्रममा १ सय २ रनको शतकीय साझेदारी गरेपछि इङ्ल्यान्डले दोस्रो एकदिवसीय खेल १० बल बाँकी हुँदै जितेको थियो।
क्यारेबियन टोलीले पहिलो ब्याटिङ गर्ने क्रममा ४७ दशमलव ५ ओभरमा २ सय २५ रन मात्र बनाउन सक्यो। लियाम प्लुङ्केटको (३–३२) कसिलो बलिङका कारण वेष्ट इन्डिज सस्तैमा समेटिएको थियो। घरेलु टोलीका लागि जासन मोहम्मदले मात्र ५० रनको गर्विलो ब्याटिङ गरे।
इङ्ल्यान्डका लागि जासन रोयले ५२ रन बनाए। इङ्ल्यान्डले ४८ दशमलव २ ओभरमा ६ विकेट गुमाएर विजयी लक्ष्य पुरा गरेको थियो। तीन एकदिवसीयको शृंखलाअन्तर्गत पहिलो खेल पनि इङ्ल्यान्डले जितेको थियो। तेस्रो खेल बार्बोडसमा विहिबार हुनेछ।