आज दिउँसो चलेको हावाहुरीका कारण सदरमुकाम सल्लेरीस्थित शिखर एफएम ९९.६ मेगाहर्जको टावर भाँचिएको छ।
सदरमुकाम सल्लेरीमा आज बिहानैदेखि ठूलो हावाहुरी चलेकामा अपराह्न करिब ३ः३० बजे एफएमको टावर भाँचिएको एफएम सञ्चालक समितिका सदस्य दीपकराज भण्डारीले जानकारी दिए। विसं २०७० देखि सञ्चालनमा आएको सो व्यावसायिक एफएम एक हजार वाट क्षमताको हो । रासस