पोखराको विन्दवासिनी संस्कृत विद्यापीठमा नेविसंघको प्यालननै विजयी भएको छ। संस्कृत क्याम्पसमा नेविसंघका केशव आचार्य सातौं स्ववियु सभापति बनेका छन्। उनी ५९ मत ल्याउदै विजयी बनेका हुन्। प्राज्ञिक विद्यार्थी र क्रान्तिकारीका संयुक्त उम्मेद्वार गोपाल गौतमले ३५ मत प्राप्त गरे।
स्ववियु सचिवमा तारा पराजुली, कोषाध्यक्षमा भरत पोखरेल बिजयी भए। समानुपातिक तर्फ नेविसंघले दुई सदस्य तथा संयुक्त प्यालनले ३ सदस्य पाएको छ।
गोलाप्रथामा संयुक्त प्यानलले १ सदस्य बढी जितेको हो।