हिमालयन शेर्पालाई हराउँदै संकटा क्लब बुटवलमा जारी १९ औं तिलोत्तमा गोल्डकपको फाईनलमा प्रवेश गरेको छ। बुधबार सम्पन्न निकै प्रतिश्पर्धात्मक खेलमा हिमालयन शेर्पा क्लबलाई २–१ ले हराउँदै संकटा उपाधिनजिक पुगेको हो।
संकटाले उपाधिका लागि आयोजक रूपन्देही ११ र विभागीय त्रिभुवन आर्मी बीच भोलि हुने दोस्रो सेमीफाईनलको विजेतासँग खेल्नेछ। हिमालयन शेर्पाले खेलको २६ औं मिनेटमा चेतन कुमार थारूको हेड गोलबाट खेलमा अग्रता लिएको थियो।
एक गोलले पछि परेको संकटाले मार्टिनको गोलबाट ४३ औं मिनेटमा बराबरी गोल फर्कायो। पहिलो हाफ १-१ को बराबरीमा सकिएको खेलमा दोस्रो हाफ अत्यान्तै रोमाञ्चक भएको थियो।
दोस्रो हाफको ईन्जुरी समयमा गोल गर्दै संकटाले जित सुनिश्चित गर्यो।
९०+२ मिनेटमा म्यान अफ द म्याच शुसिलले गरेको गोल नै निर्णायक भएपछि संकटाको संकट टरेको हो।
यसअघि संकटा विभागीय टिम एपिएफलाई हराउँदै सेमिफाईनलको यात्रा तय गरेको थियो।
जिल्ला फुटवल संघको आयोजनामा बुटवलस्थित एन्फा ऐकेडेमीको खेल मैदानमा जारी प्रतियोगितामा विभागीय टिमसहित १० टिमको सहभागिता छ।