सिँचाइमन्त्री दीपक गिरीले सरकारको पहिलो काम संविधान कार्यान्वयन भएको बताएका छन्।
नेपाली काँग्रेस धनौरी गाउँ एकाइ समिति, दाङले सोमबार आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उनले त्यसका लागि सरकारले पहिलो खुट्किलो स्थानीय चुनाव घोषणा गरेको पनि बताए।
उनले सरकारले तीनै तहको चुनाव तोकिएकै मितिमा गर्ने बताउँदै त्यसको तयारीमा लाग्न कार्यकर्तालाई आग्रह गरे। “सरकार निर्वाचन गर्न कटिबद्ध भएर लागेको छ, स्थानीय स्तरमा पनि चुनावी माहोल बनाउनुहोस्” मन्त्री गिरीले भने।
उनले विगत दुई दशकदेखि स्थानीय चुनाव नहुँदा विकास निर्माणले गति लिन नसकेको भन्दै अब संविधान कार्यान्वयनसँगै देशमा विकासले गति लिने बताए। “अब संविधान कार्यान्वयनसँगै देशलाई सम्वृद्धितर्फ लैजानुपर्छ राजनीतिक उपलब्धिसँगै देशमा अब आर्थिक सम्वृद्धि पनि छाउनेछ,” उनले भने।
त्यस्तै, सिँचाइ मन्त्री गिरीले देशका विभिन्न स्थानमा सिँचाइ सुविधा पु¥याउन सरकारले विभिन्न योजना अगाडि सारेको बताए। उनले बाँझो जमिनमा सिँचाइ सुविधा पु¥याउन आफू लागेको समेत बताए। रासस