सरकारले स्थानीय तहको चुनावको मिति घोषणा गरेसँगै जिल्ला सदरमुकाम तानसेनसँगै गाउँगाउँका जनता खुसी भएका छन्। सरकारले आउँदो वैशाख ३१ गतेका लागि स्थानीय तहको चुनावको मिति घोषणा गरेलगत्तै यहाँका जनता उत्साहित भएका हुन्।
गाउँदेखि जिल्ला सदरमुकाम तहसम्म चुनावको मिति घोषणा भएपछि खुसियाली छाएको छ। स्थानीय निकायको चुनाव भएपछि गाउँका विकास निर्माण तथा विभिन्न समस्याको अन्त्य हुनेमा यहाँका जनता आशावादी रहेका छन्।
अहिले गाउँ, बजार, नगर, सदरमुकाम लगायतका स्थानमा चुनावको विषयमा चर्चा चल्न थालेको नेपाली काँग्रेसका जिल्ला कार्यसमिति सचिव झपेन्द्र गहिरेले बताए। अब हुने स्थानीय निकायको चुनावमा जनताले असल, कुशल, राजनीतिक व्यक्तिको छनौट हुने आशा लिएको रामपुरका स्थानीय बासिन्दा ओमप्रकाश रेग्मी बताउँछन्।
तोकिएको समयमा जनताले असल नेतृत्वदायी व्यक्तिलाई छनौट गर्न पाउनुपर्ने र जिल्लामा क्रियाशील सबै राजनीतिक दल, समाजसेवी, बुद्धिजीवी, सरोकारवाला निकाय, जनताले यो चुनावलाई राम्रोसँग सम्पन्न गर्न राजनीतिकर्मीले आग्रहसमेत गर्न थालेका छन्।
राजनीतिक चलखेल नभई तोकिएको मितिमा नै स्थानीय निकायको चुनाव सम्पन्न गर्न यहाँका जनताले अनुरोध गरेको सामाजिक व्यक्तित्व लेखनाथ शर्मा मरासिनी बताउँ५न्। रासस