महाशिवरात्रि पर्वलाई ध्यानमा राखी महानगरीय ट्राफिक प्रहरी महाशाखाले राजधानीका विभिन्न नौ स्थानबाट चल्ने सवारीसाधन प्रवेशमा पूर्ण रोक लगाएको छ।
कहाँ कहाँ सवारी चलाउन पाइन्न
- चावहिलबाट गौशालातर्फ,
- पुरानो बानेश्वरबाट गौशालातर्फ,
- ज्ञानेश्वरबाट गौशालातर्फ,
- मैतीदेवी चोकबाट पुरानो बानेश्वरतर्फ,
- द्वारिका होटलको उत्तरतर्फको शाखा मार्ग,
- सिफल चौरबाट जयबागेश्वरीतर्फ,
- लामापोखरी कुटुम्बहालबाट मित्रपार्कतर्फ,
- गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्क तर्फ
- तिलगङ्गाबाट गौशालातर्फ।
- जोरपाटी नारायणटारबाट करिडोर बाटो हुँदै गौरीघाटतर्फ,
- सिनामंगल पुलबाट करिडोरको मार्ग हुँदै होटल महाराजा निस्कने मार्ग र जोरपाटी, बौद्धतर्फबाट आउने मालबाहक सवारीसाधनलाई चुच्चेपाटीबाट चावहिलतर्फ
- मालबहाक सवारी
- तीनकुनेबाट गौशाला तर्फ र गोपिकृष्णबाट चावहिल तर्फ आउने सवारी साधन
- नारायणटार पुलबाट करिडोर बाटो हुँदै गौरीघाटतर्फ,
यात्रुबाहक सवारी
- नयाँबानेश्वर, तीनकुने भएर चल्ने तथा रिङ्रोड परिक्रमा गर्ने यात्रुबाहक सवारीसाधनलाई, पुरानो बसपार्क, भद्रकाली, माइतीघर, बानेश्वर, तीनकुने हुँदै तिलगङ्गासम्म जाने र सोही मार्ग भएर फर्कने
- रातोपुल गौशाला, चावहिल हुँदै बौद्धतर्फ चल्ने सवारीसाधनलाई पुरानो बसपार्क, भद्रकाली, भोटाहिटी, जमल, केशरमहल, खानीविभाग, लाजिम्पाट, नारायणगोपाल चोक, सुकेधारा, चावहिल हुँदै बौद्धतर्फ जाने र सोही बाटो फिर्ता हुने
- कलङ्की, हल्चोक, बालाजु, महाराजगन्ज भएर चल्ने सवारीसाधनलाई सुकेधारा भएर राजधानी पेट्रोल पम्पसम्म जाने र सोही बाटो भएर फर्कने
- रातोपुल, गौशाला भएर चावहिलतर्फ जाने सवारीसाधनलाई रत्नपार्क, भद्रकाली, सुन्धारा, भोटाहिटी, जमल, महेन्द्रशालिक, कृष्णपाउरोटी, ल्होत्सेचोक, ज्ञानेश्वर, सानो गौचरण, कालोपुल, सिफल, कटुबहाल, चावहिल, गणेशस्थान हुँदै बौद्ध जोरपाटीतर्फ जाने र फर्कंदा चावहिल, सुकेधारा, महाराजगन्ज, लाजिम्पाट, खानीविभाग, केशरमहल भएर रत्नपार्कसम्म आउने
- शङ्खमूल, नयाँ बानेश्वर, पुरानो बानेश्वरतर्फबाट चल्ने सवारीसाधनलाई पुरानो बानेश्वरबाट सेतोपुल हुँदै कालोपुल भएर करिडोरको बाटो हुँदै ओम अस्पताल निस्कने
पार्किङ
- तिलगंगा- दर्शनार्थी, तिर्थयात्री र विदेशी पर्यटक
- अमालकोट- भारतीय दर्शनार्थीका साना सवारीसाधन र पासवाला सवारीसाधन
- सिफल चौर- स्वदेशी तथा विदेशी दर्शनार्थी एवम् तीर्थयात्रीका सवारीसाधन
- गौशाला प्रभाग- पासवाला सुरक्षा निकाय तथा सरकारी सवारीसाधन
- कोषको कार्यालय- पासवाला सवारीसाधन
- गुह्श्वरी पारी- बौद्ध, जोरपाटीतर्फबाट आउने भक्तजनका सवारीसाधन