टर्कीस क्लब फेनरबाच्सेलाई उसैको घरेलु मैदानमा बराबरीमा रोक्दै रुसी क्लब क्रास्नोदार पहिलो पल्ट युरोपा लिगको अन्तिम १६ मा प्रवेश गरेको छ।
फेडोर स्मोलोभले खेल सुरु भएको ७ मिनेटभित्रै घरेलु टोलीविरूद्ध गोल गर्दै फेनरबाच्सेको अन्तिम १६ मा प्रवेश गर्ने योजनालाई भताभूङ पारे। ४१ मिनेटमा सोउजाले हेडिङमार्फत गोल फर्काउदै पहिलो हाफको खेललाई १–१ को बराबरीमा ल्याएका थिए। तर, त्यसपछि घरेलु टोलीले कुनै गोल थप्न सकेन र रुसी क्लबसँग समग्रमा २–१ गोलले पछि पर्दै समूह–३२ बाट बाहिरियो।
यसअघि स्लोभाकियामा खेलिएको पहिलो लेगको खेलमा फेनरबाच्से १–० ले पछाडि परेको थियो।
यस्तै, अर्को खेलमा जर्मनीको साल्के पनि अन्तिम १६ मा प्रवेश गर्यो। ग्रिस क्लब पिएओकेविरूद्ध पहिलो लेगको खेलमा साल्केले प्रहार गरेको ३ गोल नै अन्तिम १६ मा प्रवेश गर्न पर्याप्त भयो।
विहिबार बिहान सम्पन्न दोस्रो लेगको खेल १–१ को बराबरीमा टुँगिएको थियो। जब साल्केका माटिजा नास्टासिकले आफ्नै घरेलु मैदानमा आत्मघाती गोल गरे। साल्केले अलेसान्द्रो सोपाफको २३ मिनेटको गोलमा अग्रता बनाएका थिए। तर, २५ मिनेटमा नास्टासिकले आत्मघाती गोल गरेपछि ग्रिस क्लबले खेललाई बराबरीमा राख्यो। साल्के समग्रमा ४–१ को अग्रता बनाउदै अन्तिम १६ मा प्रवेश गरेको हो।