राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय सदस्य पदमा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र स्वर्गीय सूर्यबहादुर थापाका दुवै छोरा विजयी भएका छन्।
आफ्नो पिताको आर्शिवादले मन्त्री भइसकेका यी दुवै प्रधानमन्त्री पुत्रले बुधबार बिहान गणना भएको मतदानमा राम्रो मत ल्याए।
केन्द्रिय सदस्यको खुलातर्फको निर्वाचनमा जयन्त चन्दले १ हजार ५ सय ८९ मत प्राप्त गरे। उनी खुलातर्फ छैटौं नम्बरमा रहे। सातौ नम्बरमा जितेका सुनिल थापाले १ हजार ५ सय ५१ मत पाए।