केन्याविरूद्ध आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि १९ जना खेलाडी छानिएका छन्। ५२ खेलाडीलाई राष्ट्रिय टोलीको छनोटका लागि ४ टोलीमा विभाजन गर्दै सुपर लिगको माध्यमबाट २४ खेलाडी छानिएको थियो। मंगलबार तीनै २४ खेलाडीबाट अन्तिम १९ खेलाडी छानिएको हो।
आइसिसिको प्रतिनिधि भेनकटपपति राजुको उपस्थितिमा भएको छनोटमा कप्तान पारस खड्का र प्रशिक्षक जगत टमाटाको उपस्थिति थियो।
छनोटमा परेका खेलाडीहरू
- पारस खड्का, कप्तान
- ज्ञानेन्द्र मल्ल, उपकप्तान
- आरिफ शेख,
- दिलिप नाथ
- मेहबुब आलम
- करण केसी
- आसिफ सेख
- सागर पुन
- भुवन कार्की
- सरद भेषवाकर,
- शक्ति गौचन,
- अभिनास कर्ण
- सोमपाल कामी
- सुनिल धमला
- दीपेन्द्र सिंह ऐरी
- बसन्त रेग्मी
- राजेश पुलामी मगर
- बिनोद भण्डारी
- सन्दिप लामिछाने
यसैबीच नेपाली राष्ट्रिय क्रिकेट टोली अभ्यासका लागि फागुन १३ गते भारत जाने भएको छ।
आगामी फागुन २८ र ३० गते कीर्तिपुरमा हुने केन्याविरुद्धको खेलअघि अभ्यासका लागि नेपाली टोली भारत जान लागेको हो।
दिल्लीबाट फर्किएपछि केन्याविरुद्ध खेल्ने अन्तिम १८ खेलाडीहरुको टुंगो लाग्ने छ।
नेपाली टोलीले दिल्लीस्थित नोयडामा तीन वटा अभ्यास खेल खेल्नेछ।
राष्ट्रिय टिमका एक पदाधिकारीले आईसीसीले भारत भम्रणको व्यवस्था मिलाएका हुन्। भारत भ्रमण टोलीमा कप्तान पारस खड्का नजाने नेपाली क्रिकेट टिमका टेक्निकल एनालाइसिस रमण सिवाकोटीले जानकारी दिए।
नेपाल क्रिकेट संघ क्यान निलम्बनपछि अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा नेपाली टोलीको सम्पूर्ण जिम्मेवारी आईसीसी आफैंले लिएको छ।
भारत भम्रणबाट फागुन २० मा टोली स्वदेश फर्किने छ।
विश्व क्रिकेट लिग च्याम्पियनसिपमा हाल छैठौ स्थानमा रहेको नेपालका लागि केन्याविरूद्धको जीत आवश्यक छ।
प्रतियोगिताका शीर्ष टोलीले सन् २०१८ मा बंगलादेशमा हुने विश्वकप छनोट खेल्न पाउने छन्।