निर्वाचन आयोगका तीन जना नवनियुक्त आयुक्तले बिहिबार पदभार ग्रहण गरेका छन्। आयुक्तत्रय नरेन्द्र दाहाल, इश्वरी प्रसाद पौडेल र सुधीर कुमार शाहलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज सपथ ग्रहण गराएकी हुन। राष्ट्रपति भण्डारीले पूर्व प्रशासकहरु दाहाल, पौडेल र शाह निर्वाचन आयुक्तमा नियुक्त गरेसँगै निर्वाचन आयोगले पूर्णता पाएको छ।
पदभार ग्रहण गरेपछि। तीनै जना आयुक्तले आयोगलाई राजनीतिक हस्तक्षेप मुक्त राख्ने अठोट व्यक्त गरेका छन्। आयुक्त दाहालले समयमै निर्वाचन सम्पन्न गराउने प्रतिवद्धता व्यक्त गरे। उनले निर्वाचनलाई स्वच्छ, पारदर्शी, स्वतन्त्र ढंगले सम्पन्न गर्न पनि आफूहरु प्रतिवद्ध रहेको बताए।
अर्का आयुक्त इश्वरी प्रसाद पौडेललआयोगमा राजनीतिक हस्तक्षेप हुन नदिने पनि उल्लेख गरे।
आयुक्त सुधीरकुमार शाहले दलहरुले निर्वाचन आचार संहिता विपरित काम गरे कडा कार्बाही हुने चेतावनी दिए। उनले संविधानले दिएको अधिकार प्रयोग गरेर निर्वाचनलाई स्वच्छ, पारदर्शी र धाँधलीरहित बनाउने प्रतिवद्धता पनि जनाए।
निर्वाचन आयोगलाई संवैधानिक व्यवस्था अनुसार एक वर्ष भित्र तीनै तहको निर्वाचन सम्पन्न गराउनुपर्ने दायित्व छ। सरकारले स्थानीय तहको निर्वाचनको तयारी थाल्न आयोगलाई सुझाव दिइसकेको छ।