संविधानको कार्यान्वयन गरी देशको निकास दिने नेकपा माओवादी केन्द्रको मुख्य जिम्मेवारी भएको सो पार्टीका नेता एवम् पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले बताएका छन्। देश अहिले माओवादीका एजेन्डा वरिपरि घुमिराखेको नेता बस्नेतले दाबी गरे।
मसभामा नेता बस्नेतले यस्तो बताएका हुन्। शिक्षामा राज्यले गरेको लगानी अनुसारको प्रतिफल नआएको भन्दै नेता बस्नेतले आफन्तलाई जागिर खुवाउनका लागि खोलिएका विद्यालयका बारेमा सोच्नुपर्ने उनको भनाइ थियो।
केन्द्रबाट विकास निर्माणका लागि पठाएको बजेट सहीरुपमा प्रयोग गरी विकासशील जाजरकोट बनाउन आमसमुदायलाई उनले आग्रह गरे। विकास नगरी कागजमा काम सम्पन्न भएको भन्दै केही मानिसबाट जिल्लाको विकास निर्माणको कामलाई बाधा पुगेको भन्दै त्यस्तालाई तत्काल कारबाही हुनुपर्ने उनको भनाइ छ।
वारेकोटमा विकास गर्नका लागि आफूले कुनै कसर बाँकी नराख्ने उनको भनाइ थियो। आमसभामा विभिन्न राजनीतिक दलबाट एकसयभन्दा बढी माओवादी केन्द्रमा प्रवेश गरेको माओवादी केन्द्रले जनाएको छ। रासस