जो रुट इङ्ल्यान्डको टेस्ट कप्तान नियुक्त भएका छन्। भारतविरूद्धको ५ टेस्ट शृंखलामा ४–० को हार बेहोरेपछि नियमित कप्तान एलेस्टर कुकले गत साता पदबाट राजीनामा गरेका थिए। उनको स्थानमा उपकप्तान रुटलाई नियुक्त गरेको इङ्ल्याण्ड एन्ड वेल्स क्रिकेट बोर्ड(इसिबी) ले जनाएको छ।
कुकले इङ्ल्याण्डका लागि सर्वाधिक ५९ टेस्टमा कप्तानी गरेका थिए। इङ्ल्याण्डका विश्वसनीय ब्याट्सम्यान रुटलाई कप्तान नियुक्त गरिएपछि उनको स्थानमा अलराउण्डर बेन स्टोक्सलाई उपकप्तान नियुक्त गरिएको छ।
कप्तानीबाट राजीनामा गरेपनि कुक इङ्लिस टेस्ट टिमको सदस्य रहनेछन्।