भारतीय टेस्ट कप्तान विराट कोहलीले बंगलादेशविरूद्ध पहिलो सतक बनाएका छन्। टेस्टमा कप्तान कोहलीको यो १६ औं सतक हो।
उनले हैदरबादमा बिहीबारदेखि सुरु भएको बंगलादेशविरूद्धको एक मात्र टेस्टको पहिलो दिन नै सतक प्रहार गरेका हुन्।
कोहलीले आफूले खेलेको ७ वटै टेस्ट राष्ट्रविरूद्ध सतक पनि बनाएका हुन्। उनले हालसम्म जिम्बाबे र पाकिस्तानसँग टेस्ट खेलेका छैनन्। यी दुई देशबाहेक अन्य सबै टेस्ट राष्ट्रविरूद्ध उनले सतक पुरा गरेका छन्।
कोहलीले अस्ट्रेलियाविरूद्ध सर्वाधिक ६ सतक बनाएका छन्। उनले न्युजिल्यान्ड र इङ्ल्यान्डविरूद्ध ३–३ र दक्षिण अफ्रिका, श्रीलंका र वेष्ट इन्डिजविरूद्ध १–१ सतक बनाइसकेका छन्।