नोबेल शान्ति पुरस्कार विजेता कैलाश सत्यार्थीको घरमा चोरी भएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार दिल्लीको दक्षिण भागमा रहेको उनको अपार्टमेन्टमा सोमबार राति चोरी भएको हो। अन्य सामानका साथै सतयार्थीको नोबेल पुरस्कारको प्रमाणपत्र पनि चोरिएको छ।
उनको घरमा कोही नभएको बेला चोरी भएको प्रहरीले बताएको छ। सत्यार्थी अहिले एक कार्यक्रममा भाग लिन अमेरिका गएका छन्। दिल्लीमै बस्ने सत्यार्थीका छोराले मंगलबार बिहान अपार्टमेन्टमा जाँदा तोडफोड भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले घटनाको अनुसन्धान भइरहेको बताएको छ।
बालबालिकाको क्षेत्रमा गरेको कामको सम्मान गर्दै सन् २०१४ मा पाकिस्तानकी मलाला युसुफसँगै सत्यार्थीलाई नोबेल शान्ति पुरस्कार दिइएको थियो।