पहिलो टी-२० क्रिकेटमा इंल्ग्याण्डले भारतलाई ७ विकेटले हराएको छ। यससँगै तीन म्याचको शृंखलामा इंल्ग्याण्डले १-० को अग्रता लिएको छ। कानपुरमा जितका लागि पाएको १ सय ४८ रनको लक्ष्य पाहुना टोली इंग्ल्याण्डले ११ बल बाँकी छँदै भेट्टाएको हो।
टस हारेपछि पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेटको गुमाउँदै १ सय ४७ रन बनाएको थियो। भारतका विराट कोहलीले २९, सुरेश रैनाले ३४ तथा महेन्द्रसिंह धोनीले ३६ रन बनाए। इंग्ल्याण्डका मोइन अलीले दुई र टामल मिल्स, क्रिस जोर्डन, लाम प्लङकेट र बेन स्ट्रोक्सले एक एक विकेट लिए।
१४८ रनको मध्यम लक्ष्य पाएको इंग्ल्याण्डले ११ बल बाँकी छँदै ३ विकेट गुमाए भेट्टायो। उसका लागि जोय रुटले ४६, इओन मोर्गानले ५१ रन बनाए। यस्तै ज्यासन रोयले १९, साम बिलिङ्सले २२ रन बनाए।
भारतका युजभेन्द्र चाहलले दुई र परभेज रसुलले एक विकेट लिए। भारत र इंग्ल्याण्डबिच अब दुई ट्वेन्टी ट्वेन्टी खेल हुनेछ।