मनाङ मर्स्याङ्दी क्लब १५ औं आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । संकटा क्लबलाई १-० गोल अन्तरमा हराउँदै मनाङले उपाधिका लागि आयोजक सहारा क्लब सगँको भेट पक्का गरेको हो।
मनाङलाई जिताउन विदेशी खेलाडी ओला वालेले निर्णायक गोल गरे। विक्रम लिम्बुले हानेका फ्रिकिमा विमल बस्नेतले दिएको पासलाई हेड गर्दै उनले गोल गरेका हुन्। उनले हेड मार्फत दोस्रो बार च्यापेर खेलको ८५औं मिनेटमा गोल गरेका थिए।
१० खेलाडीमा सिमित संकटालाई नियन्त्रणमा राखेको मनाङले खेलमा थप गोल गर्न सकेन। ६० औं र ६३ औ मिनेटमा पहेलो कार्ड खादै संकटाका सुशील केसी रातो कार्ड खादै खेल मैदानबाट बाहिरिएका थिए।
चार पटक उपाधि विजेता मनाङ र एक पटक उपाधि उचालेको आयोजक सहारा क्लबले उपाधिका लागि शनिबार खेल्ने छन्।